लोकसेवाका सहायक लेखापाल यादव माथि आफ्नै श्रीमति र भाउजुलाई पास गराएको आरोप : मधेस प्रदेश JCNEPAL_MEDIA

अशोज ५,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधामस्थित रहेको मधेश प्रदेश लोक सेवा आयोगका सहायक लेखापाल रामप्रवेश यादव माथि आफ्नै श्रीमती र भाउजू लाई पास गराएको आरोप लागेका छन। उनले पदीय दुरुपयोग गरी गैर कानुनी लाभ उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मधेश प्रदेश लोकसेवा आयोग जनकपुरमा कार्यरत यादवले आफ्नो श्रीमति सितापति देवी र नजिकको भाउजु पर्ने मोनिका यादवलाई गैर कानुनी तवरबाट पास गराएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

मधेश प्रदेश लोकसेवा आयोगले निकालेको विज्ञापन नम्बर १३१/०७९ ८० खुल्ला तर्फको विज्ञापन नम्बर १३२ ३०७९ ८० को मधेश प्रदेश तथा दलित महिलाको कोटा र विज्ञापन नम्बर १३४ २०७९ ८० को मुस्लिम महिला तर्फको कोटामा रामप्रवे्श यादवले आफ्नो पदको दुरुपयोग गरी आफ्नै श्रीमति र भाउजुलाई अवैद्यानिक तवरले पास गराएको आरोपसहित निवेदन दायर गरिएको हो ।

आयोगमा परीक्षा दिएका उम्मेदवारहरुले समेत ४५ देखि ४७ वटासम्म प्रश्नोत्तर मिलाउँदा पनि नाम ननिस्केको गुनासो गरिएको छ । आन्तरिक यही कारण रहेको भन्दै उनीहरुले आफूहरुको नाम ननिकालेको आरोप लगाएका छन् । मधेश प्रदेश लोकसेवा आयोगमा परीक्षा दिएका अन्य परीक्षार्थी उम्मेदवारहरुलाई फेल गरी आफ्नै श्रीमति र भाउजुलाई सो पदको लागि पास गराएको भन्दै यसउपर छानबिन गरी कारवाही गर्न आयोगमा निवेदन दायर भएको हो ।

राष्ट्रिय सेवक नागरिकको नामले दिएको निवेदन समाजिक सँजालमा समेत पोष्ट गरिएको छ । यस सन्दर्भमा सहायक लेखापाल रामप्रवेश यादवसँग सम्पर्क गर्न खोज्ने प्रयास गर्दा सम्पर्क भने हुन सकेनन् ।

प्रकाशित : अशाेज ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA