गृहमन्त्रीले भने संविधान संशोधनको कुरा उठाउँदा तर्सिनुपर्दैन JCNEPAL_MEDIA

अशोज ६,२०८१ / जेसी नेपाल संवाददाता

संविधान संशोधनको कुरा उठाउँदा तर्सिनुपर्दैन गृहमन्त्री रमेश लेखकले भनेका छन । वर्तमान संविधानले मुलुकको जीवनमा नयाँ आयामहरु थपेको बताएका छन् । उनले वर्तमान संविधानलाई उच्च कोटीको संविधानको संज्ञा दिए ।

संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च कोटीको हुँदाहुँदै पनि संविधानमा भएको व्यवस्था बमोजिम नै संशोधनको कार्य अगाडि बढाउन लागिएको उनले बताए । संविधान संशोधनको विषय उठाउँदा कोही पनि आत्तिन, झस्किन र तर्सिन जरुरी नरहेको उनले बताए ।

संविधान निर्माणको बेलामाजस्तै व्यापक संवाद र अन्तरक्रिया गरेर संविधान संशोधन कार्य अगाडि बढाइने उनले बताए । ‘संविधान संशोधन अथवा परिमार्जनको कुरा उठाउँदा यसमा आत्तिनुपर्ने, झस्किनुपर्ने, तर्सिनुपर्ने कुनै कुरा छैन । संविधान स्वयंले १० वर्षपछि समीक्षा गर है भनेको छ । हामीले धेरै संवैधानिक आयोगहरु बनाएका छौं । संवैधानिक आयोगका बारेमा १० वर्षपछि समीक्षा गर भनेर संविधान आफैंले भन्यो : उनले भने ।

विगत नौ वर्षको अभ्यासमा के–कस्ता सबल पक्ष देखिए रके–कस्ता जटिलता देखिए, त्यसको पहिचान गरी संविधान संशोधनलाई अगाडि बढाउन पर्ने उनले बताए । संविधान संशोधन एउटा पार्टीले कोठामा बसेर घोषणा गर्ने विषय नरहेको उनले बताए । गृहमन्त्री लेखकले मुलुकका समग्र पार्टीको बीचमा संविधान बनाउँदाको जसरी नै व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलहरुको बीचमा संवाद गरेर संविधान संशोधन हुने बताए । ‘संविधान संशोधनको विषय कुनै एउटा पार्टीका कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने, अझ दुई वटा पार्टी बसेर टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय होईन ।

यो विषय समग्रमा मुलुकमा क्रियाशील सबै राजनीतिक पार्टीहरुको बीचमा सार्थक परिणाममुखी अन्तरक्रिया, संवाद र सहकार्य गरेर परिमार्जन गर्ने विषय भएकाले त्यही ढंगले बुझ्न उपयुक्त हुन्छ : उनले भने ।

प्रकाशित : अशाेज ६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA