बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ JCNEPAL_MEDIA

अशोज ११,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधाममा बुधबार दिउँसो घरमै गएर १७ वर्षीया एक किशोरीलाई दुई जना नगर प्रहरीले बलात्कार गरेको भन्दै जानकारी पाए लगतै प्रहरीले दुबैलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का बब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत छन् । बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो ।

धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।

प्रकाशित : अशाेज ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA