राजदेवी मन्दिरमा टिकटोकियाहरुको विगविगि, दर्शनार्थीलाई सास्ती JCNEPAL_MEDIA

अशोज १९,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरको प्रसिद्ध शक्तिपीठ एवम् हिन्दुहरुको आस्थाको केन्द्र राजदेवी मन्दिरभित्र सुरक्षाको व्यवस्था व्यवस्थित नभएकोले दर्शनार्थीलाई सास्ती भाेग्नु परेको छ । राजदेवी मन्दिरभित्र मोबाईल प्रवेश निषेध गरिएको भनिएपनि राजदेवीको प्राँगनमा टिकटोकियारुको भीडले दर्शन पूजा गर्न जाने श्रद्धालुहरुलाई सास्ती भोग्नु परेको छ ।

टिकटोक बनाउने, रिल्स भिडियो बनाउने, ईन्टाग्रामको म्यूजिकमा नाच्ने प्रवृतिको कारण राजदेवी मन्दिरभित्र श्रद्धालुहरुलाई सास्ती हुन थालेको छ । मंदिरकाे प्रवेश द्वारमै टिकटाेकयाहरू हुल गेटनै जामगरेर टिकटाेक बनाउन थाले पछि श्रद्धालुहरुलाई सास्ती भेग्नु परेको छ । मन्दिरको मुख्यद्धारमा केही स्वयँसेवक खटाएपनि मोबाईल नियन्त्रण भने हुन सकेको छैनन् ।

परिचालित गरिएको स्वयंसेवकहरुले नामको लागि मात्र परिचालन भएको पाइएको छ । मन्दिर परिसरभित्र मोबाईल प्रवेश निषेध गरिएको समितिको दाबी छ, तर यथार्थमा सबभन्दा अधिक भीड मोबाईलको कारण भित्र हुँदै आएको जसले गर्दा बाहिरबाट दर्शनपूजाका लागि मन्दिर जाने श्रद्धालुलाई कठिनाईको सामना गर्नुपरेको अवस्था छ ।

त्यति मात्र नभएर मन्दिरको मुख्यद्धार भनिएको उत्तरी गेटमा समेत टिकटोकिया युवायुवतिहरुको अस्वभाविक भीडले भक्तजन श्रद्धालुहरुलाई दुःख हुने गरेको छ । स्वयंसेवक सँगै नेपाल र शस्त्र प्रहरीकाे सुरक्षा व्यबस्था मिलाउनु जरुरी छ । मन्दिर जाने करिब ९८ प्रतिशत युवायुवतिहरु दर्शन पूजाको लागि नभई मात्र फोटो खिच्न, भिडियो खिच्न, टिकटोक बनाउन जाने गरेका हुन ।

उनीहरु आस्थाको लागि नभई मात्र टिकटोक बनाउन मन्दिर जाने गरेको गुनासो श्रद्धालुहरुको छ । उनीहरुलाई नियन्त्रण नगरिए निष्ठापूर्वक मन्दिर जाने श्रद्धालुलाई दुःख र सास्ती भोग्नुपर्ने बताए ।

प्रकाशित : अशोज १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA