धनुषाको पर्शुराम तलाउ स्थित मोटरसाईकल दुर्घटनामा परी एक जना पुरुषको मृत्यू, युवति गम्भिर घाइतेJCNEPAL_MEDIA

अशाेज २०,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पुरनदाहा पर्शुराम तलाउस्थित मोटरसाईकल दुर्घटना हुँदा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ५० बर्षिय बिशेश्वर मण्डलको मृत्यू भएको जनाइएको छ । घरबाट जनकपुरधामतर्फ आईरहेको स ७ प ३९३२ नम्बरको सेतो कलरको अपाचे मोटरसाईकल दुर्घटना हुँदा मृत्यू भएको हो ।

यद्यपी, प्रहरीले मृत्यू भएको पुष्टि नगरेपनि साँस नचलेको बताए । प्रत्यक्षदर्शीहरुले भने मृत्यू भईसकेको बताएको हो । प्रत्यक्षदर्शीहरुको अनुसार उनको साँस चललिरहेको थिएनन् । उनको पछाडी बसेकी एक युवति भने गम्भिर घाईते भएकी छन् । नाम ठेगान नखुलेकी युवति भने उनको घर परिवारको नरहेको परिवारिक श्रोतले जनाएको छ ।

उनकी श्रीमति जनकपुरमा रहेको जानकारी प्राप्त भएको छ । जनकपुर आईरहेको बेला दुर्घटना भएको हो । युवतिको ओठ च्यातिएको छ, उनले आफ्नो नाम ठेगाना बोलिनन् । दुवै जनालाई मिथिलाबिहारी नगरपालिकाको एम्बुलेन्सबाट प्रहरीले प्रादेशिक अस्पताल जनकपुर ल्याएको हो ।

प्रकाशित : अशाेज २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA