बोकाबली रसिदको सम्बन्धमा कमिटीकाे कमजोरी : रायुक भुपु अध्यक्ष प्रमाेद चाैधरीJCNEPAL_MEDIA

अशोज २५,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बोकाबली रसिदको सम्बन्धमा राम युवा कमिटीका भूतपूर्व अध्यक्ष एवम् रसीद छाप्ने छापाखाना युनियन प्रेसका संचालक प्रमोद चौधरीले रसिद काट्नमा कमिटीको तर्फबाट कमजोरी भएको स्वीकारेका छन् ।

उनले भने, –“प्रत्येक बर्ष १८ हजार रसिद छापिन्छ , यो सबैको मुचुल्का सहमतिमा छापिन्छ । बोकाबलीको रसिद ४/५ ठाउँमा काटिन्छ । कोही गुठी सँस्थानमा, कोही राम युवा कमिटिमा, कोही महावीर युवा कमिटिमा, कोही सौतिनिया इनार नजिक बसेर काटदै आएको छ । नागरिकको सुविधाको लागि ४/५ वटा काउण्टर राखिएको हुन्छ । यसमा अन्तिम ठेली हतारमा दिएपछि सिरियल नम्बरको विवाद भएको छ ।

तर, यो विवाद होईन, सृजना गरिएको कृतिम विवाद हो ।” चौधरीले कुल बोकाबली १५००४ र रसिद नम्बर १७९४४ कसरी भयो भने सन्दर्भमा अन्तिम ठेलीबाट रसिद काटिएपनि काटिएको रसिद मात्रै गन्ती हुने र बाँकीको ३ हजार रसिदको मुचुल्का उठेर राखिने बताए ।

प्रत्येक बर्ष समिति, आयोजक, गुठी सँस्थान, जिल्ला प्रशासन कार्यालयको प्रतिनीधि, प्रहरीको प्रतिनीधिको सँयुक्त मुचुल्का उठ्ने गरेको बताउँदै यसमा विवादको कुनै तुक नरहेको बताए ।

(स्रोत: न्युजब्युरो नेपाल)

प्रकाशित : अशोज २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA