अवैध लागू औषध सहित विभिन्न ठाउँ बाट पक्राउ JCNEPAL_MEDIA

अशाेज २८,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४८ बोतल सहित सर्लाही चक्रघटा गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख २५४७ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

ईलाम, ईलाम नगरपालिका-१२ साङरुम्बाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सोम राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले बा.३८ प ४४९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित जाजरकोट कुशे गाउँपालिका-५ घर भई हाल काठमाडौं जडिबुटि बस्ने २१ वर्षीय हिरा खत्री लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, शिवराज नगरपालिका-४ चनई बस्ने २० वर्षीय तौवाब अली दर्जीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : अशाेज २८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA