आज दसैं बिदा सके, बैंक तथा वित्तीय संस्थाले पूर्ण सेवा दिँदै JCNEPAL_MEDIA

अशाेज २९,२०८१ / जेसी नेपाल डेस्क

काठमाडौं : दसैंको बिदा सकिएसँगै आजदेखि बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा सुरु गरेका छन् ।

दसैंको ५ दिन बिदामध्ये टिकाको दिनबाहेक अन्य दिनमा बैंकिङ्ग सेवा दिएका थिए । दसैंमा आशिंकरुपमा सेवा दिएका संस्थाले आजदेखि पूर्णरुपमा सेवा सुचारु गर्ने भएका हुन् ।

अधिकांश बैंकहरुले दसैंका ५ दिनमध्ये ४ दिन आलोपालो सेवा दिएका थिए । टिकाको दिनमा भने सबैजसो बैंक तथा वित्तीय संस्थाको सेवा पूर्णरुपमा रोकिएको थियो ।

हिजोदेखि दसैंको सार्वजनिक बिदा सकिएपछि आजदेखि पूर्णरुपमा सेवा दिन थालेका हुन् । आजैदेखि सबैजसो सरकारी कार्यालयहरुले समेत सेवा प्रवाह सुरु गर्दैछन् ।

प्रकाशित : अशाेज २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA