आज जानकी मन्दिरमा कोजाग्रतकाे अवसरमा महोत्तरीबाट १ सय १ भार ल्यायो JCNEPAL_MEDIA

कार्तिक १,२०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसरमा प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ भार जानकी मन्दिरमा ल्याइएको छ ।

महोत्तरीको रतौलीका स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपडा ल्याइएको छ ।

रतौलीबाट जानकी मन्दिरमा भार ल्याउने परम्परा सयौं साल देखि चल्दै आइरहेको छ । कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

यसअघि गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो । मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकैदिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व मनाइएको हो ।

प्रकाशित : कार्तिक १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA