ठगी मुद्दामा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ

कार्तिक २,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन ।

पक्राउ गर्न जादा रवीका समर्थकहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ रास्वपा पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई पक्राउ गर्ने क्रममा राजस्वा कार्यकर्ता र समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

लामिछानेलाई सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउपछि स्थलमार्गबाट पोखरा लगिरहेको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले माग गरे अनुसार शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले अनुमति दिएको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

प्रकाशित: २ कार्तिक २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA