जनकपुरधाम उपमहानगरपालिका भित्र व्यापारीलाई कुटेपछि ज.उ.वा. संघका अध्यक्षले गरे कारबाहीको मांग

कार्तिक ७,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन् ।

जनकपुरधाम ९, थापाचोकका कौशल किशोर साह जरिवाना रकम तिर्न कार्यालयमा जाँदा नगरप्रहरी नितीश रायले उनलाई कोठामा थुनेर आक्रमण गरेको उनको आरोप रहेको छ । पीडित साहका अनुसार उनीमाथी उपमहानगरको नगरप्रहरीका ईन्चार्ज नितेशकुमार रायले उनी माथि विनाकारण कुटपीट गरेका हुन् ।

शाहका अनुसार ‘मंगलबार पसलको सरसफाई गरिरहेको थिएँ। सामानहरु सडक पेटीमा थियो। त्यही समयमा नगरप्रहरीले सामानहरु यताउती गरेर जरिवानाको पूर्जी थमाई दियो । उनले अगाडी भने ‘जरिवानाको विषयलाई लिएर मैले प्रतिकार पनि गर्न खोजे तर आज आएर जरिवाना बुझाउन जाँदा नगरप्रहरीका ईन्चार्ज रायले ढोका बन्द गरेर कुटपीट गरे ।

यता व्यापारीमाथी कुटपीट भएपछि जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको टोलीले व्यापारी कुटपीटमा संलग्न नगरप्रहरीलाई कारबाहीको माग गरेको छ । जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव फुलदेव पण्डित लगायतको पदाधिकारीहरु उपमहानगरका प्रशासकिय अधिकृतलाई भेटेर सो नगरप्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रशासकिय अधिकृतले नगर प्रहरीलाई निलम्बन गर्ने प्रतिबद्धता जनाएको जउवा संघका अध्यक्ष भण्डारीले बताए । उनले उपमहानगरपालिकाले कारबाही नगरे अगाडि कानूनी बाटो रोज्ने बताए

। प्रकाशित: कार्तिक ७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA