बालिका बलात्कार आरोपित दुई जना सशस्त्र प्रहरी पक्राउ : दाङ

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : दुई बालिका बलात्कारको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् ।

दसैंका अवसरमा सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको पिङ खेल्न पुगेका दुई बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगरलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई प्रहरीले बलात्कार गरेको जाहेरी परेपछि बुधबार पक्राउ गरिएको हो । उनीहरूलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीले बलात्कार गरेको भन्दै स्थानीयले गण घेराउ तथा प्रदर्शन गरेका थिए ।

लामो समय स्थानीयले दबाब दिएपछि सशस्त्र प्रहरीले बुधबार आफैं आरोपितलाई प्रहरीको जिम्मा लगाएको हो ।

प्रकाशित: कार्तिक ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA