नेपाल तरुण दलको ७२ औ स्थापना दिवसमा वृक्षारोपन कार्यक्रम JCNEPAL_MEDIA

कार्तिक १०,२०८१ / जेसी नेपाल संवाददाता

नेपाल तरूण दलको ७२ ओैं स्थापना दिवसको अवसरमा जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा तरुण दल नगर समितिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नगर समितीका सभापति पंकज महतोको अध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा प्रमुख अतिथि नेकाका केन्द्रीय सह-महामन्त्री महेन्द्र यादवले नेपाल काँग्रेस नेपालको सबभन्दा ठूलो राजनीति पार्टी भए पनि पार्टीका भातृ तथा सुभेक्षुक संस्थाहरू कमजोर रहेको बताउँदै तरूण सेनालाई जिवन्त पार्न भन्दै तरूण सेनाको ड्रेसकोलागि रू १५ हजारको आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएका छन।

सो अवसरमा पूर्व मन्त्री तथा संघीय सांसद रामकृष्ण यादव, पूर्व प्रदेश मंन्त्री तथा प्रदेश सभा सदस्य रा सरोज यादव, प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुँवरकान्त झा,पुर्व सांसद दिनेश प्रसैला, नेका धनुषा सभापति योगेन्द्र पंजियार, उपसभापति गणेश झा, जिल्ला सचिव कन्हैया कर्ण,जिल्ला सदस्य गणेश तिवारी ,नेपाल प्रजातन्त्र सेनानी संघका पूर्व केस तथा वर्तमान प्रदेश अध्यक्ष राम भरत साह,ट्रेड यूनियन काँग्रेसका केन्द्रीय सदस्य उमेश साह, नेकाका पूर्व जनपा नगर समिति सभापति धीरेन्द्र मोहन झा,नेका प्रदेश सदस्य जिवनाथ चौधरी, केन्द्रीय समाजिक सञ्जाल समन्वय प्रचारप्रसार समिति सदस्य जगदीश चाैधरी यादव ,

तरूण दलका केस संजिव यादव, संजिव साह `टीका´, तरूण दलका जिल्ला सभापती संजय कर्ण , नगराईन नपाका मेयर विनय यादव, जनकपुर नगर सचिव लालबाबु मिश्र,युवा नेता प्रवेश चौधरी , युनियन प्रेसका संचालक तथा सर्वप्रिय युवा प्रमोद चौधरी तरूण दलका कोषाध्यक्ष अंजनी कुमार झा, जनपा नौ का पूर्व वडा सभापति ज्ञानेश्वर मण्डल, जनपा चारका वडाध्यक्ष सुरेश झा, चारका पार्टी सभापति सुरेश साह,जउबासंघका पूर्व अध्यक्ष ललित साह,नेबि संघका केस उदित मिश्र,महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ता,अबदुल्लाह, सोनु निधि,विनय राय लगायत नेका,नेबिसंघा तथा तरूण दलका नेता तथा कार्यकर्ताहरूको सयौंको संख्यामा उपस्थिति रहेको थियोे।

प्रकाशित : कार्तिक १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA