निर्मला कुर्मीको न्याय माग्दै,रुबी खान समूहद्वारा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन- JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै उनीहरुले कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

रुबी खानले निर्मला कुर्मीको न्यायका लागि आफूहरुले यस्तो कदम चालेको बताइन् । खानले आफूहरुको माग अदालतमा मुद्दा पुग्नुपर्ने रहेको बताइन् । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । तर सरकारले यस विषयमा थप अनुसन्धान गरेको छैन ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA