फूल व्यापारका लागि काठमाडौं महानगरले ४६ स्थान तोक्यो JCNEPAL_MEDIA

कार्तिक १३,२०८१ / जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूल विक्री वितरणलाई व्यवस्थित गर्न स्थान तोकेको छ।प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै महानगरले पालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फूल बिक्री वितरणलाई व्यवस्थित गर्न मल, मार्ट, पार्क लगायत विभिन्न ४६ स्थान तोकिएको जानकारी दिएका छन्।

गएको वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो। त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो। गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास रहेको मेयर शाहको भनाई छ। स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोकेको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन्।

थप जानकारीका लागि काठमाडौँ महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सकिनेछ। नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिने महानगरले जनाएको छ।

फूल व्यापारका लागि तोकिएका ४६ स्थानहरू

१-आरती पार्टी प्यालेस, माछा पोखरी

२- बुद्ध मल, माछा पोखरी

३-बालाजु भाटभटेनी, माछा पोखरी,

४-भ्याली कोल्ड स्टोर, बालाजु

५-सामुदायिक भवन, बालाजु

६-धर्म चक्र पार्क, स्वयम्भू ७-स्वयम्भू मार्ट

८- भाटभटेनी, कलङ्की

९-कलङ्की ट्र्रेड सेन्टर, कलङ्की

१०- एस. एन.एस., कलङ्की

११- एन.बि.टि.सि., कलङ्की

१२- नेपा व्याङ्क्वेट, खुशिँवु

१३- बिग मार्ट, कालधारा, पकनाजोल

१४- साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५- काठमाडौँ मल, सुन्धारा

१६- सिभिल मल, सुन्धारा

१७- सिटिसि मल, सुन्धारा

१८- रञ्जना मल, नयाँ सडक

१९- विग मार्ट कम्प्लेक्स, अनामनगर

२०-एटि कम्प्लेक्स, न्यू प्लाजा

२१-भाटभटेनी, अनामनगर

२२- आइटी प्लाजा, कमलादी

२३- संकटा चोक, टेवहाल

२४-के.एल. टावर, चाबहिल

२५-वि एन्ड एसएम, बौद्ध

२६- भर्गो जापान, शंखमुल

२७- आइप्लेक्स, बानेश्वर

२८- एनबि सेन्टर, नयाँ बानेश्वर

२९- फोनिक्स टावर, बत्तीसपुतली

३०- चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१- बिगमार्ट, शंखमुल

३२- बिबिएसएम, कोटेश्वर

३३-सिफल चौर, सिफल

३४-केटिएम पार्टी प्यालेस,

३५-निराकल कम्प्लेक्स, शंखमुल

३६- एसि कम्प्लेक्स, चाबहिल

३७- भाटभटेनी, कोटेश्वर

३८- भाटभटेनी, नक्साल

३९-विग मार्ग, बालुवाटार

४०- सेल्स बेरी, महाराजगन्ज

४१- भाटभटेनी, महाराजगन्ज

४२- कोइराला मार्ट, सामाखुसी

४३- विग मार्ट, सामाखुसी

४४- सिटी सेन्टर, कमलपोखरी

४५- ल्होत्से मल, बालाजु

४६- सासा ब्याङकेट सोह्र खुट्टे

प्रकाशित : कार्तिक १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA