अविरल बर्षाको कारण तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको रमेश खड्काको घर उच्च जोखिममा


दिपक बस्नेत 
असार २९, तामाकोशी । 
अविरल बर्षाको कारण तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको रमेश खड्काको घर उच्च जोखिममा परेको छ ।
लगातार परेको बर्षाका कारण खड्कासँगै रहेका गुणराज श्रेष्ठ, ज्ञान बहादुर विसुन्खे, निरोज नेपाली, गोल्मेश्वर माध्यमिक विद्यलय लगायतका ठाउँमा जोखिम बढेको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु डाँडागाउँमा रहेको खाद्यान्न पसल लगायत अन्य सामान रहेको भुकम्प प्रतिरोधी दुईकोठे घर, जस्ताको छानो भएको अर्को दुईकोठे घर, शौचालय, एउटा कटेज सहित भएको ठाउँमा बर्षाका कारण जमिन चिरा चिरा भएको छ भने शौचालय पुरै ढल्ने अवस्थामा रहेको छ ।
यता गुणराज श्रेष्ठको निर्णमाणाधीन पक्कि घरपनि जोखिममा रहेको छ भने ज्ञान बहादुर विसुन्खेको फरर्निचर भएको जस्ताले बनेको कटेजसँगै पक्कि घरमा जोखिम बढेको छ । यस्तै निरोज नेपाली र मैयाँ कार्कीको घरमुनि गएको पहिरोले गर्दा जोखिममा रहेको छ ।
तामाकोशी गाउँपालिकाको एक मात्र प्रविधिक शिक्षा संचालनमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालको प्राविधिक भवन मुनि पहिरो गएको छ । पहिरोको कारण प्राविधिक शिक्षा संचालन भवननै जोखिममा रहेको छ । यस्तै गाउँपालिकाको अन्य वडाहरुमा पनि जोखिम बढि रहेको खवरहरु प्राप्त भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महोत्तरीमा डाकाले चलाएको गोलीले श्रीमान-श्रीमती घाइते : JCNEPALMEDIA

यदुकाहामा १६ वर्षीया बालिका अपहरण, इरफान मन्सुरीविरुद्ध उजुरी, प्रहरी र हिन्दु सम्राट सेना सक्रिय : JCNEPAL MEDIA

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA