पूजा ठाकुरको \'दहेज\' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

चैत २४,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : मधेशमा देखिएको एक प्रवृति छ , “मोटरसाईकल छैन, भने बिहे गरिहाल्नु, मोटरसाईकल र दुल्ही दुबै पाउँछस्” यही सोँचले निम्त्याउने विभिन्न प्रकारको समाजिक कलह, घटनालाई उजागर गर्ने गरी अभिनेत्री पूजा ठाकुरले “दहेज” नामक सर्ट फिल्म बनाएकी छन् ।

देशी फिल्मस नामक युटुब च्यानलबाट ठाकुरले सोमबार दहेज शिर्षकको २२ मिनेटको भिडियोमा बिशेष गरी वर्तमान समयमा देखिएको किशोरहरुले मोटरसाईकलकै लागि गरिने बिहे र त्यसपछि उत्पन्न कलहलाई दर्साएको छ । समाजिक जनचेतनामूलक भिडियोहरु, म्यूजिक भिडियोहरु र अन्य समाजमा जनेचतना फैलाउने, समसमायिक विषयको उठान गर्ने गरी सर्ट फिल्महरु बनाउँदै आएकी अभिनेत्री पूजा ठाकुरको यो समाजिक चेतनाको भिडियोमा वर्तमान समाजको मुखौटा उजागर गरिएको हो ।

मधेश मिथिलाका दिग्गज कलाकारहरुको अभिनय गरेको सर्ट फिल्ममा मोटरसाईकलको लोभमा गरिएको बिवाह, त्यसपछि कुलतले निम्त्याएको घटना प्रतिघटना र एक विधवा महिलालाई हुने दुःखक, कष्ट, पीडालाई समेत समेटिएको हो । यो प्रवृति अझै मधेशी समाजमा कायम रहेको पाईएको छ । एक गरिबकी छोरीको भाग्यलाई पनि दर्साएको छ । एक गरिबकी छोरीले भोग्ने पीडा, दुःख, समाजिक तिरस्कारलाई सर्ट फिल्ममा भावनात्मक रुपले देखाएको छ ।

सर्ट फिल्ममा अभिनेत्री पूजा ठाकुर र दिनेश निरौलाको मुख्य अभिनय रहेको छ । सरिता ठाकुर, ज्याक्लीन ठाकुर, अनिता रानी मण्डल,चन्देश्वर सिँह, बिन्देश्वर सिँह, कागज साह, चन्दन शर्मा, जलेन्दर बछारले अभिनय गरेको हो । आवाजमा चर्चित गायिका रचना रिमालले सजाएकी हुन् । सँतोष दाहालको लिरिक्स रहेको फिल्ममा म्यूजिक किरन भुसालले दिएको हो ।

भिडियोको लागि कृष्ण सुवेदीलाई धन्यवाद दिइएको छ । अन्य कलाकारहरुले यस सर्ट फिल्ममा आफ्नो कला प्रदर्शन गरेको हो ।

प्रकाशित : चैत २४,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA