भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

चैत २५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : छिमेकी मुलुक भारतको उत्तर प्रदेश रामपुर जिल्लाको कोतवाली सिभिल लाइन्स क्षेत्रमा श्रीमानले श्रीमतिलाई शारिरिक सम्बन्धकै बेला हत्या गरेको घटना बाहिरिएको छ ।

एक शिक्षिकाको शव घरको ओछ्यानमा पूरै नग्न अवस्थामा फेला परेको छ। यौन सम्बन्ध बनाउने क्रममा झगडा हुँदा श्रीमानले रिसमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । घटना अनुसार, पति–पत्नीबीच शारीरिक सम्बन्ध चलिरहेको बेला केही विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा पति रिसाए र पत्नीको घाँटी दबाएर उनको ज्यान लिए। हत्या भएपछि पति डराएर भागे र श्रीमतीको शवलाई जस्ताको त्यस्तै नग्न अवस्थामा बिस्तरमा छोडेर घरको ढोका लगाएर भागे। घर बन्द रहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुग्यो। ढोका खोलेर हेर्दा बिस्तरमा शिक्षिकाको नग्न शव देखियो। प्रहरीले शव कब्जामा लिएर पोस्टमार्टमका लागि पठायो। प्रारम्भिक अनुसन्धानमा यो प्राकृतिक मृत्यु नभएको देखिएपछि थप छानबिन गरियो।

पतिलाई पक्राउ गरी सोधपुछ गर्दा उनले सुरुमा जिम्मेवारीबाट भाग्ने प्रयास गरे पनि पछि अपराध स्वीकार गरे। उनले रिसको झोकमा घाँटी थिचेर हत्या गरेको बताएका छन्। मृतक शिक्षिकाको परिवारले घटनास्थलमा पुगेर पति र देवर (भाइ) लाई दहेजको लागि लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिइरहेको आरोप लगाएका छन्। परिवारले पहिले पनि यस्ता उजुरी दिएको तर दबाइएको दाबी गरेको छ। प्रहरीले मृतकको परिवारको उजुरीका आधारमा दहेज मृत्यु सम्बन्धी मुद्दा दर्ता गरेको छ।

रामपुरका अतिरिक्त प्रहरी अधीक्षक अनुराग सिंहले भने, “शिक्षिकाको शव फेला परेपछि प्रहरीले तत्काल कारबाही गरेको थियो। पोस्टमार्टमपछि परिवारको निवेदनका आधारमा दहेज मृत्युको मुद्दा दर्ता गरियो। पतिले सोधपुछमा हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरी जेल पठाइएको छ।”

प्रकाशित : चैत २५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA