सासू द्वारा बुहारीको विवाह : विराटनगर

२२ मंशिर २०८० / जेसी नेपाल संवाददाता

विराटनगर : सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।

२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ सालमा मृत्यु भएको थियो । छोराको मृत्यु भएको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएका हुन् ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सुजालाई छोरीको रुपमा विवाह गराइदिएको जानुकाले बताइन् । बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएका जेठाजु पुण्यले बताए । बेहुला रमेश रेग्मीको पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । बेहुली सुजाकी पनि एक छोरी छन् ।

प्रकाशित : मंसिर २२, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA