राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय : एनसेल प्रकरण

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समितिका सभापति रामहरि खतिवडाले बताए । खतिवडाले मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको जानकारी दिए ।

फास्ट ट्रयाकबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाउने निर्णय भएको खतिवडाले बताए । सो क्रममा नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि खतिवडाले बताए ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

मधेश प्रदेशमा हराउने व्यक्तिहरुको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय

दिउँसोसम्म ६० प्रतिशतभन्दा बढी मतदान,राष्ट्रियसभा निर्वाचन मधेस प्रदेश : JCNEPAL MEDIA

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी रेग्मी : JCNEPAL MEDIA

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA